सूर्योदय वोमी लघुवित्तको एफपीओमा आजसम्म आवेदन दिन सकिने


काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ। साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सकिन्छ।

लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले ४६ हजार ७२९.५४ कित्ता शेयर बिक्री खुला गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिनका लागि अन्तिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीमा सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन लघुवित्तले एफपीओ जारी गरेको हो ।