सुनको मूल्य २ हजार रुपैयाँले घट्यो


काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुन एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ। मूल्य घटेसँगै चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।