बैंकिङ्ग प्रणालीको निक्षेप ६५ खर्बको हाराहारीमा, कर्जा प्रवाहमा सामान्य वृद्धि


काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ९३ अर्ब निक्षेप संकलन भएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार असार ३१ मा बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ९३ अर्ब निक्षेप संकलन भएको हो। अघिल्लो दिन असार ३० गते ६४ खर्ब ८२ अर्ब बराबरको निक्षेप संकलन भएको थियो। तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा एकैदिन ११ अर्बले निक्षेप संकलन बढेको हो ।

सो अवधिमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन ४ अर्बले बढेको छ। गत आइतबार ५७ खर्ब ५१ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले आइतबार ५७ खर्ब ५५ अर्ब निक्षेप संकलन गरेका हुन्।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ९ अर्बले बढेको छ। आइतबारसम्म ५१ खर्ब ६० अर्ब प्रवाह भएकोमा सोमबार ५१ खर्ब ६९ अर्ब कर्जा प्रवाह भएको छ। सो समयावधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह पनि ७ अर्बले बढेको छ। आइतबार ४५ खर्ब ६४ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले आइतबार ५१ खर्ब ७१ अर्ब कर्जा प्रवाह गरेका हुन्।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७७.६१ प्रतिशतबाट बढ्दै ७७.६७ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत कायम भएको छ ।