गरिमा विकास बैंकको ४ लाख कित्ता शेयर बिक्रीमा



काठमाडौँ–गरिमा विकास बैंकको संस्थापक समूहको ४ लाख २५ हजार १५६.६७ कित्ता शेयर बिक्रीमा राखिएको छ।

यो शेयरमा हाललाई बैंकको संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनभित्र इच्छुक संस्थापक शेयरधनीले खरिद आवेदन दिनुपर्नेछ।

आउँदो भदौ ६ गतेभित्र बैंकको काठमाडौं लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सकिने बैंकले जनाएको छ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।