काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ। बुधबार प्रतितोला रु. एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने रु. एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।
त्यस्तै, बुधबार प्रतितोला रु. एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु. एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रु. ३५ ले घटेको छ । बुधबार प्रतितोला रु. एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय ६० निर्धारण भएको छ ।



About Us
प्रतिक्रिया