काठमाडौं – स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन लघुबीमा अभिकर्ताको आधारभूत तालिम साउन ८ गतेदेखि १० गतेसम्म तालिम सञ्चालन गर्न लागेको छ । यस तालिममा न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले सहभागिता जनाउन सक्नेछन् । तालिम काठमाडौंको दरबारमार्ग स्थित कम्पनीको प्रादेशिक कार्यालयमा सञ्चालन गरिने जनाएको छ । इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित साउन ६ गतेभित्र प्रादेशिक कार्यालय वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नु पर्नेछ । तालिम साउन ८ गतेदेखि १० गतेसम्म बिहान १० बजेदेखि अनलाइन तथा भौतिक उपस्थितिबाट हुनेछ ।



About Us
प्रतिक्रिया