एघार महिनामा निर्जीवन बीमकको कुल बीमा शुल्क आर्जन कति ?


काठमाडौं – निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ को असार मसान्तसम्मा ४१ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेकाे तथ्यांकअनुसार १ वर्षको अवधिमा १४ निर्जीवनले ४१ अर्ब १६ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन्।

तथ्यांकअनुसार समिक्षा अवधिमा सबैभन्दा बढी ५ अर्ब ४७ कराेड ३ लाख रूपैयाँ आर्जन गर्दै सर्वाधिक व्यवसाय गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। दोस्रो सर्वाधिक व्यापार गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।

कुल बीमा शुल्क आर्जनको हिसाबले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। यो कम्पनीले ४ अर्ब १७ करोड ७२ लाख रुपैयाँको व्यापार गरेको छ। त्यस्तै, गत आर्थिक वर्षमा हिमालयन एभरेष्ट इन्स्योरेन्स ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ३ अर्ब १४ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्।

यो एक वर्षको अवधिमा युनाइटेड अजोडले २ खर्ब ७२ करोड ७३ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५५ करोड २८ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १६ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

त्यस्तै , प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ५९ करोड ४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।