काठमाडौं – बरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्नुपर्छ ।
बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका छन् । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना बडाल महान्यायाधिवक्ता थिए ।



About Us
प्रतिक्रिया