काठमाडौं – नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९.३ प्रतिशतले वृद्धि भएको देखाएको छ। नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको वर्तमान बृहत् आर्थिक तथा वित्तीय अवस्थाले १९ प्रतिशतले बढेको रेमिट्यान्स १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको उल्लेख गरेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो। त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो। साथै, समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई रु.१४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो।






About Us
प्रतिक्रिया