काठमाडौं – बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अस्ट्रेलियन डलरको भाउ घटेको छ भने क्यानेडियन डलरको भाउ स्थिर रहेको छ। आज अस्ट्रेलियन डलर १ को खरिद दर ८९. ७६ रुपैयाँ र बिक्री दर ९०.१७ रुपैयाँ रहेको छ। मंगलबार भने सो मुद्राको खरिद ८९.८६ रुपैयाँ र बिक्री ९०. २६ रुपैयाँ थियो।
त्यस्तै, हिजाे क्यानेडियन डलर १ को खरिद मूल्य ९७.७१ र बिक्री मूल्य ९८.१५ रुपैयाँ रहेकामा राष्ट्र बैंकले आज पनि सोही दरलाई निरन्तरता दिएको छ। बुधबार अमेरिकी डलर १ को खरिद दर १३३.२८ रुपैयाँ र बिक्री दर १३३.८८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया