काठमाडौं – होटल सब्रिना लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासन गर्न लागेकाे कम्पनीले बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ।
गत असार २२ गते आयोजित एक कार्यक्रममा आइपिओ निष्कासनका लागि कम्पनीका तर्फबाट संस्थापक तथा अध्यक्ष निराजन थापा तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी निष्कासनको प्रक्रिया अगाडि बढाउने योजना रहेको कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया