काठमाडौं – आरम्भ चौतारी लघुवित्तले सर्वसाधारणले खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ।
संस्थाले यसअघि जेठ १४ गते संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको थियो। तोकिएको समयभित्र सो शेयरमा आवेदन नपरेपछि सर्वसाधारणलाई बिक्रीका लागि खुला गरिएको हो।
इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित आज (असार २३ बाट) ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलान्चोकमा निवेदन पेस गर्नुपर्नेछ।






About Us
प्रतिक्रिया