आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ।

आज युरो १ को खरिद मूल्य १४४.२४ रुपैयाँ र बिक्री दर १४४.८८ रुपैयाँ ताेकिएकाे छ । अघिल्लो कारोबार दिन (शुक्रबार) खरिद खरिद १४३.९२ रुपैयाँ र बिक्री १४४.५७ रुपैयाँ थियो ।

त्यसैगरी,आज पाउन्ड १ को खरिद दर १७०.४४ रुपैयाँ र बिक्री १७१.२१ रुपैयाँ निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।साथै, आज साउदी रियालको १ को खरिद दर ३५.५३ रुपैयाँ र बिक्री दर ३५.६९ रुपैयाँ छ ।