राष्ट्रिय सभामा उठेका १२ प्रश्नको अर्थमन्त्री पुनद्वारा जवाफ


काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उठेका १२ प्रश्नको जवाफ दिएका छन् । शुक्रबारको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका हुन् ।

अर्थमन्त्री पुनले मुलुकको चालु आर्थिक वर्षको कुल ग्रार्हस्थ उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा बजेटको आकार महत्वाकांक्षी नरहेकाे दाबी गरे ।

बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्र समेतको मनोबल बढाउने रहेकोले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको उनले बताए ।

त्यस्तै, अर्थमन्त्री पुनले सरकारले आवद्यिक रूपमा बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन,बजेट तर्जुमा दीग्दर्शन एवं स्वीकृत प्रणाली अनुरूप छलफल तथा स्वीकृति गर्ने प्रकृयामा सबै जनप्रतिनिधिको अहम भूमिका र अधिकार समान छ भन्ने विश्वास दिलाए ।