काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विवाद सम्बन्धी रिटमा आज (शुक्रबार) सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो।
अध्यक्षका आकांक्षीमध्येका एक सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेश प्रयोजनका लागि आज दुबै पक्षलाई बोलाइएको हो।
अध्यक्ष नियुक्तिका लागि मुख्य ५ मा छानिएका श्रेष्ठले यो प्रकृया रद्द गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । मुख्य ५ मा छानिएका ५ जना मध्ये ३ जना अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएपछि सरकारले यो प्रकृया रद्द गरेको छ।



About Us
प्रतिक्रिया