काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको लागि सरोकारवाला निकायसँग छलफल गरेको छ । मौद्रिक नीतिको पूर्व सन्ध्यामा रहेकाे केन्द्रीय बैंकले बिहीबार सुझाव सङ्कलनका लागि बृहत् छलफल गरेको हाे।
छलफलमा शेयर कर्जाको क्याप, घरजग्गा कारोबारलाई चलायमान बनाउनेगरी घर कर्जा अनुपात, जोखिम भार कम गर्नुपर्ने लगायतका मागहरु उठेका छन् । यसैगरी , लोन टु भ्यालु रेसियो बढाउन, कर्जा पुनर्संरचना, नीतिगत पुनर्संरचना तथा चालु पुँजी कर्जा पुनर्संरचना गर्न सुझाव दिएका हुन् । यसैगरी, अटो व्यवसायीहरूले पनि आगामी मौद्रिक नीति मार्फत लोन टु भ्यालु रेसियोको सीमा बढाएर ७५ प्रतिशतमा पुर्याउनुपर्ने लगायत माग राखेका छन् ।
छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरसहित उच्च पदस्थ कर्मचारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायतको सहभागिता रहेको थियो ।
छलफलमा निजी क्षेत्र, उद्योगी, बैंक तथा वित्तीय क्षेत्र लगायतका सरोकारवाला क्षेत्रले मुलुकको वर्तमान वित्तीय स्थिति र सरकारले हालै ल्याएको बजेटको कार्यान्वयन, अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने लगायतका सुझाव दिएका छन्।



About Us
प्रतिक्रिया