काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शुक्रबार (भोलि ) असार २१ गते ११औं वार्षिक साधारणसभा बस्ने भएकाे छ । कम्पनीको जेठ ३१ बसेको सञ्चालक समितिको बैठकले पोखराको होटल बाराहीमा दिउँसो साढे ११ बजे सभा बस्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष (आव) को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण गर्नेछ।
संचालक समितिमा एक जना संस्थापक र दुई जना सर्वसाधारण, स्वतन्त्र संचालक र एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने संचालकको नियुक्ति गर्नेछ। सभा प्रयोजनार्थ कम्पनीले असार ७ गतेदेखि बुक क्लोज गरिसकेको छ।
प्रतिक्रिया