काठमाडौं – निर्जीवन बीमा कम्पनीहरुले लामो समयदेखि अड्किएको कृषि तथा पशु बीमाको अनुदान बापतको १ अर्ब ६८ लाख रुपैयाँ पाउने भएका छन् । बाली तथा पशुधन बीमा कोषको मंगलबार बसेको बैठकले १ अर्ब ६८ लाख रुपैयाँ निर्जीवन बीमा कम्पनीहरुलाई भुक्तानी गर्ने निर्णय गरेको हो ।
यो रकमले पशु बीमातर्फ गत आर्थिक वर्ष २०७९/८० का बाँकी बक्यौता सबै तिरिनेछ। चालु आर्थिक वर्षको भने असोजसम्मको मात्रै भुक्तानी हुनेछ। कात्तिकदेखि यताको भुक्तानी भने बाँकी रहने छ। कृषि बीमातर्फको अनुदान भने गत आर्थिक वर्षको बैशाखदेखिकै बाँकी छ ।
सरकारले कृषि तथा पशुबीमामा लाग्ने शुल्कमा ८० प्रतिशत अनुदान दिने गर्छ। साेही अनुसार कम्पनीले सम्बन्धित किसानबाट २० प्रतिशत मात्रै शुल्क उठाउँछन्। बाँकी पैसा सरकारले नै दिनुपर्ने प्रावधान छ।



About Us
प्रतिक्रिया