काठमाडौं – मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले झोर काठमाडौमा रहेको गैरीगाउँ महिला केन्द्रलाई २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार महिला केन्द्रलाई केन्द्र घर निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।
टोखा नगरपालिका १ झोरमा आयोजित एक कार्यक्रमका बिच संस्थाको शाखा कार्यालय मनमैजु, काठमाडौंका शाखा प्रबन्धक चक्र बहादुर लामाले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम केन्द्र घर निर्माण, व्यवस्थापन तथा संचालनका लागि प्रयोग गरिने महिला केन्द्रका केन्द्र प्रमुख रोशिका तामाङले जानकारी दिइन् ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब १ लाख ६० हजार घरपरिवारलाई बित्तीय सेवा पुर्याउदै आइरहेको छ।



About Us
प्रतिक्रिया