काठमाडौं – सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा तत्कालका लागि रोक लगाएको छ। सरकारले बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द गरेपछि दायर भएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा अल्पकालीन अन्तरिम आदेश दिइएको हो। साथै, अदालतले असार २१ गतेका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ।
अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध सर्ट लिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।



About Us
प्रतिक्रिया