काठमाडौं – बुद्ध एयरले असारमा विवाह गरेका जोडीलाई काठमाडौंदेखि पोखराको दुईतर्फी हवाई टिकट उपहार स्वरूप दिने घोषणा गरेको छ। यस कार्यक्रम अन्तर्गत, नव विवाहित जोडीले बुद्ध एयरको फेसबुक, इन्स्टाग्राम, वा ट्विटरमा बिहेको तस्बिर ट्याग वा शेयर गर्नु पर्नेछ।
त्यसरी शेयर गरिएको तस्बिरबाट ४ जना भाग्यशाली जोडीहरूलाई बुद्ध एयरले पोखराको दुईतर्फी हवाई टिकट उपहार स्वरूप प्रदान गर्नेछ। बुद्ध एयरले आफ्नो सेवा विस्तार गर्दै हालसालै मात्र आफ्नो १८ औँ जहाज भित्र्याएको छ।



About Us
प्रतिक्रिया