मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित


त्रिवेणी – रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच वर्षको अवधिमा तीन हजार बढी व्यक्ति लाभान्वित भएका छन्।

आर्थिक वर्ष २०७५/७६ देखि कार्यक्रम लागू भएदेखि हालसम्म तीन हजार ११ व्यक्तिले रोजगार प्राप्त गरेका नगरपालिकाका रोजगार संयोजक मायाकुमारी श्रीवास्तबले जानकारी दिए। उनका अनुसार यस अवधिमा उक्त कार्यक्रमबाट रु. छ करोड ३४ लाख ७१ हजार चार सय खर्च भएको छ।

आव २०७५/७६ मा स्वीकृत रु. ४३ लाख बजेटबाट चार सय ४१ जनाले औसतमा ३० दिन रोजगार पाएका थिए । यस्तै आव २०७६/७७ मा रु. ७१ लाख ८० हजार बजेटबाट चार सय ५० जनाले २८ दिन, आव २०७७/७८ मा रु. दुई करोड ४६ लाख ६१ हजार बजेटबाट सात सय ७२ व्यक्तिले ५७ दिन, आव २०७८/७९ मा रु. दुई करोड ५८ लाख १४ हजार स्वीस्कृत बजेटबाट आठ सय ८९व्यक्तिले ७४ दिन रोजगार प्राप्त गरेका रोजगार संयोजक श्रीवास्तबले जानकारी दिए ।

आव २०७९/८० मा रु एक करोड ८९ लाख २४ हजार बजेटमा तीन सय ६७ व्यक्तिले ७९ दिन र चालु आव २०८०/८१ मा रु. ५८ लाख २५ हजार बजेटबाट ९२ व्यक्तिले ९० दिन रोजगार प्राप्त गरेको उनले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गोरेटो बाटो, खेलकुद मैदान निर्माण, घेराबारलगायतका काम भएका छन् । कार्यक्रमबाट स्थानीयवासीलाई आर्थिक रुपमा सहज भएको नगरपालिकाले जनाएको छ । (रासस)