सुनकोशी गाउँपालिकामा बुधबारे हाटबजार सञ्चालन हुँदै, स्टल बुकिङ गर्न पालिकाको सूचना 


काठमाडौं – सुनकोशी गाउँपालिकाको आयोजनामा बुधबारे हाटबजार सञ्चालन हुने भएको छ। गाउँपालिकाको निर्णय अनुसार सुनकोशी गाउँपालिकाको वडा नम्बर ५ रामटार गाउँपालिकाको कार्यालय पारिपट्टि  रहेको खालि स्थानमा बुधबारे मेलाको आयोजना हुन लागेका हो। गाउँपालिकाले सोमबार (आज) सूचना निकाल्दै उक्त हाटबजारमा स्टल राख्न इच्छुक कृषकहरू, व्यवसायीहरू तथा उद्यमीहरूलाई बुकिङको लागि आह्वान गरेको छ। 

गाउँपालिका द्वारा जारी सूचनामा भनिएको छ,‘ सुनकोशी गाउँपालिकाको निर्णय अनुसार सुनकोशी गाउँपालिका वडा नं. ५ रामटार गाउँपालिकाको कार्यालय पारिपट्टि रहेको खालि स्थानमा बुधबारे हाटबजार सञ्चालन गर्ने निर्णय भएको हुँदा उक्त क्षेत्रमा हाटबजार स्टल राख इच्छुक कृषकहरू, व्यवसायीहरू तथा उद्यमीहरूले स्टल बुकिङ गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।’ साथै स्टल बुकिङ गर्न पहिले आउनेलाई रोजेको स्टल उपलब्ध गराइने पनि पालिकाद्वारा जारी सूचनामा उल्लेख छ।