३ अर्बले घट्यो बैंकिङ्ग प्रणालीको निक्षेप, अन्य सूचक कस्तो ?


काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन घटेको छ। राष्ट्र बैंकको असार ८ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६२ खर्ब ७७ अर्ब निक्षेप संकलन भएको छ। असार ७ गते भने बैंक तथा वित्तीय संस्थाबाट ६२ खर्ब ८० अर्ब निक्षेप संकलन भएको थियो। यस तथ्यांकलाई हेर्दा एकदिनमा ३ अर्बले निक्षेप संकलन घटेकाे छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि घटेको छ। शनिबार वाणिज्य बैंकहरुबाट ५५ खर्ब ५७ अर्ब निक्षेप संलकन भएको छ। अघिल्लो दिन शुक्रबार भने वाणिज्य बैंकहरुले ५५ खर्ब ६० अर्ब निक्षेप संकलन गरेका थिए। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले पछिल्लो चरण कर्जा प्रवाह पनि घटेको छ । असार ७ गते शुक्रबार ५१ खर्ब ३६ अर्ब कर्जा प्रवाह भएकोमा शनिबार भने १ अर्बले घटेर ५१ खर्ब ३५ अर्ब कर्जा प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ।

साथै, सो समयमा वाणिज्य बैंकबाट प्रवाह हुने कर्जा प्रवाह पनि १ अर्बले घटेको देखिएको छ। वाणिज्य बैंकहरुबाट शुक्रबारसम्म ४५ खर्ब ४३ अर्ब कर्जा प्रवाह भएकोमा शनिबार ४५ खर्ब ४२ अर्ब कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७९.६८ प्रतिशतमा कायम रहेको उल्लेख गरेको छ। त्यस्तै, अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।