काठमाडौं – एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ। गौरादह नगरपालिकाको बैगुनधुरा बजारभित्रका विभिन्न स्थानहरूमा ७ थान डस्टबिन वितरण गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा अतिथिका रुपमा बैगुनधुरा बजार व्यवस्थापन समितिका हालका अध्यक्ष राजेन्द्र पोखरेल साथै बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष सिताराम पोखरेलले बैंकको यस पहललाई धन्यवाद दिदैँ बजारको सफाई र फोहोर व्यवस्थापनमा यस प्रकारको योगदान अत्यन्तै सराहनीय भएको बताए ।उनीहरुले यस बैंकसँग सहकार्य गर्दै अगाडि बढ्न चाहने इच्छा व्यक्त गरे।
एक्सेल डेभलपमेण्ट बैंकका बजार व्यवस्थापन विभागका कर्मचारी गजेन्द्र ढकालले यस कार्यक्रमको महत्व प्रकाश पार्दै सफा र हरियाली शहर निर्माण सबैको सामूहिक जिम्मेवारीका साथै यस डस्टबिन वितरण कार्यक्रममार्फत बैंकले समुदायलाई फोहोर व्यवस्थापनमा सजिलो पार्न मद्दत पुर्याउने उद्देश्य राखेको बताए ।
कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा, तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरू सबैले फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न तथा बजारको सफाईमा योगदान पुर्याउन आह्वान गरे।
डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । बैंकले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको हो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ कार्यक्रममा वडा कार्यालयको तर्फबाट कृष्ण प्रधान, समाजसेवीहरु चन्द्र खड्का, कृष्ण खतिवडा, भवकृष्ण पोखरेल, ठाकुर दाहाललगायतको उपस्थिति रहेको थियो ।



About Us
प्रतिक्रिया