१४ प्रतिशत बोनस दिँदै नागरिक लगानी कोष

१४ प्रतिशत बोनस दिँदै नागरिक लगानी कोष


काठमाडौं– नागरिक लगानी कोषले १४ प्रतिशत बोनस दिने भएको छ । कम्पनीको २९औं वार्षिक साधारण सभाको बैठकले गत आर्थिक वर्षको आम्दानीबाट १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

त्यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै शेयरधनी र सञ्चालकहरूका तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिने कम्पनीले जनाएको छ ।