काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले एक लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।
हाललाई यस शेयरमा बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।



About Us
प्रतिक्रिया