काठमाडौँ–हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छूट दिने निर्णय गरेको छ । कम्पनीले ३ वर्षसम्मको बीमालेख अवधिमा १०० प्रतिशत छूट, ३ देखि माथि ५ वर्षसम्मको बीमालेख अवधिमा ५० प्रतिशत छूट दिनेछ ।
साविकको प्राइम, यूनियन र गुराँस लाइफबाट जारी भई व्यतित भएका बीमालेखहरू असार ६ देखि २३ गतेसम्म नवीकरण गरेमा छूट दिने भएको हो ।
त्यस्तै ५ देखि माथि ७ वर्षसम्मको बीमालेख अवधिमा ३५ प्रतिशत छूट र ७ वर्ष देखि माथि जतिसुकै अवधिको बीमालेखमा २५ प्रतिशत छूट दिने कम्पनीले जनाएको छ ।
कम्पनीबाट ब्याज र जरिवाना छुट सुविधाको उपयोग गरी नवीकरण गराइएका बीमालेखहरु नवीकरण भएको मितिले २ वर्षभित्र बीमित तथा प्रस्तावकहरुले नियमानुसार समर्पण गर्न चाहेकमा बीमालेख नवीकरण गर्दा छुट प्रदान गरिएको ब्याज जरिवानाबापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ।
व्यतित भएको बीमालेखले जोखिम बहन नगर्ने हुँदा समयमै आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गरी ब्याज र जरिवानाको छुटको लाभ लिनुका साथै बीमालेखअनुरुपको जोखिम बहन हुने व्यवस्था गरी ढुक्क रहन कम्पनीले आग्रह गरेको छ।



About Us
प्रतिक्रिया