काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २७ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनी यसबहादुर खत्रीको नाममा रहेको २७ हजार २४३.३३ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपियाँ तोकिएको यो शेयर जोकोही सर्वसाधारण तथा संघसंस्थाले खरिद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ।
यसअघि बैंकले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको थियो। तोकिएको मितिमा खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।



About Us
प्रतिक्रिया