काठमाडौं – आज असार ६ गते नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले बैंकिङ्ग प्रणालीबाट एकैदिन ५० अर्ब रुपैयाँ तान्न लागेको हो।
यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको असार २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिने केन्द्रीय बैंकले जनाएको छ। केन्द्रीय बैंकले असार लागेपछि पहिलाेपटक बजारबाट निक्षेप संकलन गर्न लागेकाे हाे।



About Us
प्रतिक्रिया