काठमाडौं– महालक्ष्मी विकास बैंकले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक भएको छ। जेठ २२ गतेदेखि २४ गतेसम्म आयोजना भएको खेलमा प्राइम कमर्सियल बैंकले उपाधी जितेको हो। यस प्रतियोगमा आइ.सि.एफ.सी फाइनान्स लिमिटेड उप–विजेता भएको छ।
आइ.सि.एफ.सी फाइनान्स लिमिटेडले आयोजक महालक्ष्मी विकास बैंकलाई र प्राइम कमर्सियल बैंकले माछापुच्छ्रे बैंकलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो। प्रतियोगितामा माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, ऐभरेष्ट बैंक, नबिल बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्सको सहभागिता रहेको थियो।
विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन्।
प्रतिक्रिया