काठमाडौं – साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा काठमाडौंस्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसँगै त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई १५० थान स्कुल ब्याग , ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको हो।
सो ब्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको थियो । सो ब्याग वितरणले विद्यार्थीहरूलाई सहजता ल्याउने कुरामा बैंक विश्वस्त रहेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरू, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ।
प्रतिक्रिया