आज र भोलि एनआईएमबी बैंकको डिजिटल बैंकिङ्ग सेवा अवरुद्ध हुने


काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को डिजिटल बैंकिङ्ग सेवा दुई दिनका लागि अवरुद्ध हुने भएको छ।बैंकको कोर बैंकिङ्ग सिस्ट (सीबीएस) को डेटा सेन्टर परीक्षणसम्बन्धी कार्य गर्नुपर्ने भएकाले आज (जेठ २५) राति ११ बजेदेखि ११:३० बजेसम्म र शनिबार (जेठ २६) राति ११ बजेदेखि ११ः३० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो।

सो समयमा इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, कार्ड, एटिएम, पीओएस तथा इन्टरबैंक ट्रान्सफरलगायतका कारोबार नचल्ने बैंकद्वारा जारी सन्देशमा उल्लेख छ।