काठमाडौं – पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह घट्दा बैंकहरुमा निक्षेप संकलन बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले पनि बैंकिङ्ग प्रणालीमा निक्षेप संकलनमा बढेको देखाएको छ। केन्द्रीय बैंकको तथ्यांकले जेठ २१ गते वित्तीय संस्थाहरुबाट ६२ खर्ब २९ अर्ब निक्षेप संकलन भएको देखाएको हो। जेठ २० गते भने बैंक तथा वित्तीय संस्थाहरूले ६२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । यस तथ्यांकलाई हेर्दा एक दिनमा ३ अर्बले निक्षेप संकलन बढेको देखिन्छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकमा पनि निक्षेप संकलन बढ्दै गइरहेको छ। गत २१ गते वाणिज्य बैंकहरुबाट ५५ खर्ब १३ अर्ब निक्षेप संलकन भएको छ । तर अघिल्लो दिन आइतबार भने वाणिज्य बैंकहरुले ५५ खर्ब १० अर्ब निक्षेप संकलन गरेका थिए।
त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले पछिल्लो चरण कर्जा प्रवाह बढेको देखाएको छ । आइतबार ५१ खर्ब २४ अर्ब कर्जा प्रवाह भएकाेमा सोमबार ५१ खर्ब २८ अर्ब कर्जा प्रवाह गरेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ। साथै सो समयमा वाणिज्य बैंकबाट प्रवाह हुने कर्जा प्रवाहमा पनि बढेको छ देखिएको। आइतबारसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ३१ अर्ब कर्जा प्रवाह गरेका थिए भने सोमबार ४५ खर्ब ३६ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ।
राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ८०.१५ प्रतिशतमा कायम रहेको उल्लेख गरेको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर २.९२ प्रतिशत कायम भएको छ। अघिल्लो दिन भने अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको थियो।



About Us
प्रतिक्रिया