काठमाडाैं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ११ लाख ३५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ। कम्पनीले विभिन्न शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो।
इच्छुक लगानीकर्ताले आजका मितिले सात दिनभित्र आवश्यक कागजातसहित बैंकको रजिस्टर्ड कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ। यस शेयरमा जोकोही व्यक्ति वा संघसंस्थाले खरिद आवेदन दिन पाउनेछन्।
कम्पनीले यस अघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको थियो। तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुलाएकाे हाे।



About Us
प्रतिक्रिया