काठमाडाैं– सिटिजन्स बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पारश काफ्लेको निधन भएको छ। ५० वर्षिय काफ्लेकाे हृदयघातबाट निधन भएको हो। बिफिनको कार्यक्रमका लागि उनीसहित बैंकको सिनियर मेनेजमेन्ट टिम श्रीलंका गएको थियो ।
तीन दशक लामो बैंकिङ्ग करियर भएका काफ्ले ट्रेड फाइनान्स, क्रेडिट अपरेसन, ब्रान्च म्यानेजमेन्ट, रिलेसनसिप म्यानेजमेन्ट, अपरेसनल रिस्क म्यानेजमेन्ट एन्ड कम्प्लाइन्समा अब्बल मानिन्थेँ। उनी बिगत लामो समयदेखि सिटिजन्स बैंकमा कार्यरत थिए।



About Us
प्रतिक्रिया