काठमाडौं – नेपाल राष्ट्र बैंकले चैत मसान्तसम्ममा बैंकहरूको औषत खराब कर्जा ३.८९ प्रतिशत रहेको देखाएको छ। बैंकको बैंक सुपरिवेक्षण विभागको केएफआई प्रतिवेदनअनुसार लक्ष्मी सनराइज बैंकको खराब कर्जा सबैभन्दा धेरै ५.४९ देखाएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा हिमालयन बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको छ। कुमारी बैंकको ४.९५ प्रतिशत खराब कर्जा रहेको छ।
नेपाल बैंक लिमिटेडको ४.८५ प्रतिशत, प्रभु बैंकको ४.८१ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.७४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ४.६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.३० प्रतिशत र प्राइम कमर्सियल बैंकको ४.२९ प्रतिशत खराब कर्जा रहेको छ।
यसैगरी कम खराब कर्जा हुने बैंकहरुमा क्रमशः एभरेष्ट बैंक ०.७० प्रतिशत, सानिमा बैंक १.८९ प्रतिशत, नेपाल एसबीआई बैंक १.९८ प्रतिशत स्टाण्डर्ड चार्टर्ड बैंक २.१४ प्रतिशत, सिद्धार्थ बैंक २.५२ प्रतिशत, एनएमबि बैंकको २.८६ प्रतिशत रहेको छ । यस्तै सो समयवधिमा नविल बैंकको खराब कर्जा ४.०४ प्रतिशत, एनआईसी एसिया बैंकको ३.०८ प्रतिशत, माछापु्च्छ्रे बैंकको ३.६८ प्रतिशत, कृषि विकास बैंककाे ३.१७ रहेकाे छ भने सिटिजन्स इन्टरनेशनल बैंकको ३.७६ प्रतिशत खराब कर्जा रहेको छ।
पछिल्लो समय देशमा छाएको आर्थिक मन्दीका कारण ऋणीले कर्जाको ब्याज तिर्न नसक्दा खराब कर्जा बढ्दै गएको हो ।



About Us
प्रतिक्रिया