काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी लिन बाँकी बीमितलाई आग्रह गरेको छ । गत फागुन १६ गते देखि जेठ १५ गतेसम्म परेको दाबी निवेदनहरूमा आवश्यक कागजात पेश नभएको र बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएपछि आवश्यक कागजात सहित सम्पर्कमा आउन आग्रह गरिएको छ । दाबी भुक्तानी लिन बाँकी बीमितले ३५ दिनभित्र कम्पनीको केन्द्रीय दाबी विभाग, प्रादेशिक तथा शाखा कार्यालय वा सम्बन्धित सर्भेयरलाई सम्पर्क गरी दाबी फर्छ्यौट गर्न भनिएको छ ।



About Us
प्रतिक्रिया