हिमालयन बैंकको १५ लाख कित्ता शेयर बिक्रीमा



काठमाडौं – हिमालयन बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको कानुन विभागमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।