काठमाडौं– काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर नतिर्ने क्लब र दोहोरी साँझका सञ्चालक संस्थाहरूलाई तत्काल तिर्न चेतावनी दिएको छ । महानगरले अटेर गरी कर नतिर्ने केही क्लब र दोहोरी साँझलाई ३५ दिनको अल्टिमेटम दिएको हो ।
महानगरद्वारा जारी सूचनामा भनिएको छ ,बाग्मती प्रदेशको आर्थिक ऐन २०८०, ले तोकेको दररेट रहेर मनोरञ्जन कर बुझाउन पटक पटक लिखित, फोन साथै जानकारी गराए पनि कर बुझाउन बेवास्ता गर्ने तपसिल बमोजिमका संस्थाहरुलाई मनोरञ्जन कर दाखिला गर्न सूचनामार्फत आह्रवान गरिएको छ ।’
जारी गरेको सूचनामा ग्यारेज इन्टरटेन्मेन्टले २०८० मंसिर ९ गतेमा होटल हायातमा सांगीतिक कन्सर्ट गरेको उल्लेख छ। जसमा ग्यारेज इन्टरटेन्टमेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिज, लर्ड डिस्को नाम उल्लेख छ ।
महानगरले यसअघि २०८० फागुन १६ गते रात्रिकालीन क्लब, डान्स बार, दोहोरी साँझलाई कर तिर्न पत्राचार गरेको थियो । तोकिएको अवधिमा कर दाखिला नगरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।




About Us
प्रतिक्रिया