काठमाडौँ,
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको ५ लाख १० हजार १८७ कित्ता शेयर बिक्रीमा राखिएको छ । उक्त शेयरमा विद्यमान संस्थापकका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १७० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ।
लगानीकर्ताले न्यूनतम २ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन पाइने व्यवस्था गरिएको छ।
इच्छुक लगानीकर्ताले जेठ ३ गतेसम्म खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा दिनुपर्नेछ।






About Us
प्रतिक्रिया