निक्षेपको ब्याज बढ्योः राष्ट्रिय वाणिज्यको सबैभन्दा कम, सनराइजको उच्च, कस्को कति ?

निक्षेपको ब्याज बढ्योः राष्ट्रिय वाणिज्यको सबैभन्दा कम, सनराइजको उच्च, कस्को कति ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकहरूले बचत तथा एकवर्षे मुद्दती निक्षेपको बढाएको सूचना जारी गरेका छन् । पछिल्लो महिनामा लागू हुने ब्याजदर अघिल्लै महिनाको मसान्तमा सूचना जारी गरेर सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको ब्यवस्था अनुसार बैंकहरूले असोज १ देखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजसँगै ऋणको ब्याज पनि बढेको सूचना जारी गरेका छन् । 

ब्याजदर बढेको सूचना जारी गरे अनुसार राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा कम र  सनराइज बैैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । राष्ट्रिय वाणिज्य बैंकले एकवर्षे मुद्दती निक्षेपमा जम्मा ६ प्रतिशत ब्याजदर दिने भएको छ भने सनराइज बैैंकले सबैभन्दा बढी भने दिने घोषणा गरेको छ ।

सनराइजले एक वर्षे मुद्दती निक्षेपमा १०.०७ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ । यसको बचतको ब्याजदर पनि न्यूनतम ७.५ प्रतिशत रहेको छ । सनराइज बैैंकको तीन देखि ६ महिनाको मुद्धति निक्षेपकै लागि ९.१० प्रतिशत छ भने ६ देखि एक वर्षसम्मको लागि ९.६० प्रतिशत ब्याजदर सार्वजनिक भएको छ ।

एनएमबि बैंकले पनि एक वर्षे मुद्दती निक्षेपमा ९.५२ प्रतिशत ब्याजदर दिने घोषणा भएको छ  भने यसको तीन महिने अवधिको ब्यजादर पनि अरुको भन्दा बढी छ । 

त्यसपछि सेञ्चुरी बैंकले भने ९.२५ प्रतिशत ब्याजदर दिने भएको छ । यसले तीन महिने मुद्दती निक्षेपमा ८ प्रतिशत र ६ महिनेमा ८.५० प्रतिशत ब्याजदर दिने गरी सार्वजनिक सूचना जारी गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको मुद्धति निक्षेपको ब्याजदर ८.५० प्रतिशत दिने भएको छ । यो बैंकले तीन महिनेदेखि एक वर्ष मुद्धति निक्षेप दिएको यस्तो ब्याजदर सार्वजनिक गरेको छ । यसले तीन महिनाको लागि ७ प्रतिशत, ६ महिनाको लागि ८ प्रतिशत र एक वर्षको लागि ८.५० प्रतिशत ब्याज दिने छ ।

इन्भेष्टमेन्टसँग मर्जर सहमति गरिसकेको हिमालयन बैंकले भने ८.५ प्रतिशत ब्याज दिने सूचना जारी गरेको छ । नबिल बैंकले एकवर्षे मुद्दति निक्षेपको ८.७६ प्रतिशत ब्याजदर दिने गरी सूचना जारी गरेको छ । यो बैंकले पनि तीन महिनादेखि एक वर्षे मुद्धति निक्षेपको ब्याजदर सार्वजनिक गरेको हो । यसले तीन महिनाको लागि भने ६.५१ प्रतिशत ब्याजदर दिने छ । नबिल बैंकको संस्थागत निक्षेप भने ५ करोड भन्दा माथिको लागि भने ९.२६ प्रतिशत ब्यजादर दिने भएको छ ।  

सानिमा बैंकले भने एक वर्षे मुद्धति निक्षेपमा ९.०१ प्रतिशत ब्याजदर दिने भएको छ । यो बैैंकले तीन देखि ६ महिनाको लागि ७ प्रतिशत, ६ महिनादेखि एक वर्षसम्मको लागि ९.१ प्रतिशत र तीन महिनाभन्दा बढीको रेमिट्यान्सका लागि १०.१ को प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । सानिमाले पनि एक करोड भन्दा माथि संस्थागत निक्षेपको लागि भने ९.५१ प्रतिशत ब्याज दिने भएको छ ।

नेपाल बैंकले पनि तीन महिना भन्दा माथिको लागि ८.०५ प्रतिशत ब्याजदर दिने सूचना सार्वजनिक गरेको छ । प्राइम बैंकले ९.७६ प्रतिशत, एकवर्षको मुद्दति निक्षेपमा ब्याजदर दिने सूचना जारी गरेको छ । स्टाण्डर्ड चार्टर्ड बैंकले ७.२५ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको छ । 

प्रभु बैंकले ८ प्रतिशत, सिभिल बैंकले ८.७५ प्रतिशत ब्याजदर मुद्दति निक्षेपमा अफर गरेका छन् । यस्तै लक्ष्मी बैंकले ८.५ प्रतिशत ब्याज दिने भएको छ । बैंक अफ काठमाण्डूले एक वर्षको लागि दिने  यस्तो ब्याजदर ८.२७ प्रतिशत पुर्याएको छ । कुमारी बैैंकले पनि एक वर्षे मुद्धति निक्षेपमा ८.१५ प्रतिशतको ब्याजदर दिने भएको छ ।

सिद्धार्थ बैंकले पनि ८.७५ प्रतिशत ब्याज दिने भएको छ । एनसीसी बैंकले भने निक्षेपको ब्याजदर सार्वजनिक गरेको छैन् । यो बैैंकले आपसी समझदारीमा निर्धारण गर्ने भनेको छ । कृषि विकास बैंकले भने एक वर्षे मुद्धति निक्षेपमा ७.२५ प्रतिशत ब्याज दिन भएको छ । नेपाल एसबीआई बैंकले एक वर्षे मुद्धति निक्षेपमा ८ प्रतिशत ब्याजदर दिने छ । माछापुच्छ्रे बैंकले पनि एक वर्षे मुद्धति निक्षेपमा ८.२५ प्रतिशत ब्याजदर दिने भएको छ ।

एभरेष्ट बैंकले एक वर्षे मुद्धनि निक्षेपमा दिने ब्याजदर ८ प्रतिशत दिने भएको छ । नेपाल बंगलादेश बैंकले भने ८.७६ प्रतिशत ब्याजदर मुद्धति निक्षेपमा एक वर्षको लागि दिने भएको छ । 
ग्लोवल आइएमई बैंकले भने एक वर्षे मुद्धति निक्षेपमा ९ प्रतिशतको ब्याजदर दिने सार्वजनिक घोषणा गरेको छ । यस्तै सिटिजन्स बैंकले पनि एक वर्ष भन्दा बढी अविधिको लागि ८ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ ।