काठमाडौं– नेपाल राष्ट्र बैंकले २१ अर्ब हाराहारीमा ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २० अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्ने भएको हो।
बैंकले २८ दिनका पाँच अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँ र एक वर्षका लागि पाँच अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो।
कुल २० अर्ब ७१ करोडमध्ये १५ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण र बाँकी पाँच अर्बको नयाँ ट्रेजरी जारी गर्ने केन्द्रीय बैंकले जनाएको छ । चैत १३ गते (मंगलबार) जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल ताेकिएकाे छ।
प्रतिक्रिया