मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गमार्फत गर्न सकिने कारोबारको सीमा कति?

मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गमार्फत गर्न सकिने कारोबारको सीमा कति?


काठमाडौं– बढ्दाे प्रविधिकाे विकाससँगै अनलाइनमामार्फत हुने वित्तिय कारोबारलाई मध्यनजर गर्दै नेपाल नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ्ग मार्फत गर्न सकिने कारोबारकाे सीमा निर्धारण गरेको छ ।

जस अन्तगर्त केन्द्रीय बैंकले मोबाइल एप्लिकेशन(क्यूआर कोड समेत)मार्फत प्रतिदिन ३ लाख सम्मको कारोबार गर्न मिल्ने प्रावधान गरेको छ ।  

केन्दीय बैंकले मंगलबार एक सूचना मार्फत मोबाइल एप्लिकेशन (क्यूआर कोडसमेत) प्रतिदिन ३ लाख र इन्टरनेट बैंकिङ्गको माध्यमबाट प्रतिदिन २० लाख रुपैयाँको कारोबार गर्ने सकिने जनाएको हो ।

तर याे प्रावधान सबैमा लागू भने हुँदैन । बैंकले कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन र सेवा शुल्क जस्ता विविध शुल्कहरू भुक्तानीमा कारोबार सीमा ताेकेकाे छैन।