को को छन् अर्थमन्त्री बन्ने लाईनमा ?

को को छन् अर्थमन्त्री बन्ने लाईनमा ?


काठमाडौं– सत्ता गठबन्धन भत्किएसँगै नयाँ गठबन्धन बन्ने भएपछि अर्थमन्त्री को भन्ने चर्चा आर्थिक क्षेत्रमा सुरु भएको छ । गत पुस १० गते बनेको गठबन्धन भत्किएपछि/ अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेल, रास्वपाका सासंद स्वर्णिम वाग्ले, माओवादी केन्द्रका नेता वर्षमान पुनको नाम अहिले चर्चामा छ ।

तर एमाले, माओवादी, रास्वपा वा नयाँ गठबन्धनमा नयाँ अर्थमन्त्री को बन्छ अहिले टुंगो लागिसकेको छैन । सत्ता गठबन्धनको भागबण्डा गर्दा अर्थमन्त्रालय कसको कुन दलको भागमा पर्छ त्यसैको आधारमा नयाँ अर्थमन्त्री को बन्छ भन्ने कुराको निष्कर्ष निस्कनेछ ।

भागबण्डा गर्दा माओवादीको भागमा अर्थमन्त्रालय परेको अवस्थामा वर्षमान पुन अर्थमन्त्री बन्ने देखिन्छ । त्यस्तै, रास्वपाको भागमा अर्थमन्त्री परेमा स्वर्णिम वाग्ले र एमालेकाे भागमा अर्थमन्त्री परेमा विष्णु पाैडेल बन्ने निश्चित छ ।

अब आउने नयाँ अर्थमन्त्री यीमध्ये जोसुकै भएपनि अहिलेको अर्थतन्त्रको विकराल अवस्थालाई समाल्न ठुलो चुनौती रहेको देखिन्छ ।