काठमाडौं– सत्ता समिकरणको प्रभाव शेयर बजारमा पनि देखिएको छ । परिमाण स्वरूपः सोमबार बजार पहिलो ३ मिनेट ३० सेकेण्डमानै ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ ।
आजको बजारमा प्रि–ओपनिङको समयमा १५ अंकले बढेको नेप्से सूचक त्यसको केही मिनेटमा नै सूचक ७९ अंकमाथिले बढेर २ हजार ३९ अंकमाथि पुगेको हो । बिहान १०ः५० बजे १९ सय ७६ अंकमा रहेको नेप्से सूचक खुलेको १० मिनटमा नै १२ अंकले बढेर १९ सय ८८ अंक विन्दुमा पुगेको थियो । त्यस लगत्तै भर्टिकल ग्राफमा उकालो लागेको नेप्से सूचक थप ४३ अंकले बढ्दै २ हजार ३१ अंकमा उक्लिएको हाे ।
प्रतिक्रिया