भारतको पेटीएम पेमेन्ट्स बैंकमाथि प्रतिबन्ध, २९ फेब्रुअरीदेखि नचल्ने


एजेन्सी– भारतको पेटीएम पेमेन्ट्स बैंकमाथि प्रतिबन्ध लागेको छ । त्यहाँको केन्द्रीय बैङ्क ‘रिजर्भ बैङ्क अफ इन्डिया’ (आरबीआई)ले नियमको उल्लङ्घन गरेको भन्दै पेटीएम बैंकमाथि प्रतिबन्ध लगाएको हो । उक्त बैंकले फेब्रुअरी २९ देखि आफ्नो बैंकिङ्ग सेवा बन्द गर्नेछ ।

प्रतिबन्ध लागेसँगै बैंकको फास्ट्याग रिचार्ज, वालेट र बैङ्क अकाउन्टमा पैसा जम्मा गर्न पनि रोक लागेको हो । पेटीएम बैंकमाथि सही पहिचान बिना नै करोडौं एकाउन्ट बनाएको आरोप केन्द्रीय बैंकको छ ।