काठमाडौं– मंगलबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार ६०० रुपैयाँ पुगेको छ । तेजाबी सुनको मूल्य भने तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँ कायम थियो ।
चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ । तोलामा १५ रुपैयाँ बढेर चाँदी आज १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया