अन्तर्राष्ट्रिय

२०२४ मा घाना भ्रमण गर्ने अफ्रिकीहरूलाई भिसा आवश्यक नपर्ने

२०२४ मा घाना भ्रमण गर्ने अफ्रिकीहरूलाई भिसा आवश्यक नपर्ने


काठमाडौं – घानाले यस वर्षको अन्त्यसम्ममा देश भ्रमण गर्ने सबै अफ्रिकीहरूलाई भिसा–मुक्त प्रवेश प्रदान गर्ने नीति लागू गर्ने बताएको छ । राष्ट्रपति नाना अड्डो डान्क्वा अकुफो–एड्डोले यस्तो घोषणा गरेका हुन्।

उनले घाना सरकार देशमा यात्रा गर्ने सबै अफ्रिकीहरूलाई भिसा–मुक्त प्रवेश सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताए । मानिसहरू, वस्तुहरू र सेवाहरूको स्वतन्त्र आवतजावत सुनिश्चित गर्न महाद्वीपमा त्यस्ता नीतिहरू आवश्यक रहेको राष्ट्रपति नानाको भनाइ छ ।

उनले नीति कार्यान्वयन अझ बढी प्रतिनिधिमुलक हुनुपर्ने बताउँदै यो नीतिले अफ्रिकी समाजका विभिन्न तहलाई फाइदा पुग्ने दाबी गरे । (न्युज एजेन्सी नेपाल)