एजेन्सी
कृप्टो संसारले वर्षौंदेखि प्रतीक्षा गरेको घटना बुधबार घटित हुन पुगेको छ । संयुक्त राज्य अमेरीकाको ‘सेक्युरिटिज एण्ड एक्स्चेन्ज कारोबार’ नियामक संस्थान सेकले बुधबार एक सूचना जारी गर्दै आम लगानीकर्ताहरूलाई ११ स्पोट बिटकोइन इटिएफ फण्डलाई धितोपत्रमा कारोबार सञ्चालन गर्ने अनुमति प्रदान गरेको खबर यतिबेला संसारभर चर्चाको विषय बनेको छ ।
सरकारी पक्षबाट व्यवसायिक अनुमति यसअघि नै प्रदान भएको दाबिसहितको एक भ्रामक समाचार समाजिक सञ्जालमा फैलिएको २४ घण्टा भित्रै नियामक निकायले कारोबार अनुमति दिएपछि उक्त घटना थप रोमाञ्चक बन्यो ।
सामाजिक सञ्जाल ‘एक्स’ मा फैलिएको उक्त हल्लाले वाल स्ट्रिट देखि वासिङ्टनसम्म उतिकै कम्पन पैदा गरेको क्रिप्टोका माहिर खेलाडीहरू बताउँछन् । सो खबरले डंका पिटे लगत्तै नियमनकारी निकायले २४ घण्टामा निर्णयलाई वैधता दिएको थियो ।
घटनापश्चात लगानीकर्ताहरूमा अकस्मात् अन्योल सिर्जना हुनपुग्यो । त्यस कारण बिटकोइनको मूल्यमा समेत ठूलो हलचल पैदा भएको थियो । त्यसैकारण क्षणभरमा नै बिटकोइनको मूल्यमा करोडौं डलर बराबरको गिरावट आउन पुग्यो ।
यता सेकका वर्तमान अधिकारी गेरी गेन्सलरले भने एक विज्ञप्ति जारी गर्दै आफ्नो संस्थाले बिटकोईनको समर्थन वा प्रवर्तन नगरेको बताएका छन् । बिगतमा अदालतबाट पराजय भोगेको घटनालाई स्मंरण गराउँदै उनले भने ‘आगामी समयका निमित्त उपयुक्त र दिगो माध्यमको रूपमा हामीले बुधबारको सरकारी घोषणालाई चित्रण गरेका छौं । कारोबारलाई वैधता दिँदै उनले बिटकोइन् र त्यससँग सम्बन्धित जोखिमका बारेमा सतर्क रहन लगानीकरतारूलाई अनुरोध गरेको उक्त बयानमा उल्लेख छ ।
त्यस्तै, सेकका अर्का एक आयुक्त क्यारोलिन क्रेन्साओ भने यो निर्णयसँग सन्तुष्ट छैनिन् । यसलाई उनी इतिहासमै कहीं नभएको विल्कुल अव्यावहारिक मान्छिन् । उनी थप्छिन यसले अमेरिकी घरपरिवरसम्म पुगेर निवृत्तिभरण खाताहरुमा समेत नराम्रो प्रभाव पार्ने सम्भाव्यतालाई बढावा दिने छ ।जसले समाजका निवृत्तिभरण आय र बचत एकदमै न्यून भएका मानिसको जीवनयापनलाई असर गर्नसक्दछ ।
विगतमा ‘सेकले’ कैयन पटक कृप्टो कारोबार सम्बन्धी त्यस्ता आवेदनहरूलाई असान्दर्भिकको संख्या दिँदै अस्वीकार गरेको उदाहरण छ । यो अनुमोदनको कारण बिटकोइनको मुल्य सन् २०२४ कै उच्च बिन्दुमा पुगेको छ जुन मुल्य २०२३ यताकै अधिकतम ९१६४५० उछाल हो ।
बुधवार जारी भएको अनुमोदन सूचीमा केही वालस्ट्रीटका नाम चलेका सस्थहरु पनि परेकाछन् जसमध्ये ब्ल्याक रक, फ्रेङकलिन टेम्प्लेटन प्रमुख हुन् । उल्लेखित बाहेक जेपी मोर्गन, चेज र गोल्डम्यान स्याक्स जस्ता ठूला वित्तीय संस्थान पनि उक्त दौडमा सामेल छन् ।
दशक लामो प्रतीक्षाको प्रतिफल
कृप्टोको इतिहासमा यो अनुमती सरकारी वैधतामा पहिलो श्रेणीको सफतला भएको जानकारहरूको बताउछन् । जुम्ल्याहा उद्यमी दाजुभाइ टेलर र केमरूनले सन् २०१३ मा पहिलो प्रयास दर्ज गरेका थिए । त्यसपश्चात त्यस्ता ३० औं आवेदनलाई ‘सेकले’ खारेज गरिदिएको इतिहास छ । वाल स्ट्रिटका अन्य धनाढ्यले पनि उक्त पदचापलाई पछ्याउँदै अदालत धाएका थिए ।
मुद्दा स्वीकृतिको नयाँ नियम पारित भएपछि बिटकोइनको बजार मूल्य बढ्छ वा घट्छ भन्ने विषयबारे अत्याधिक बहस चलिरहेको छ
बर्नस्टेनका लागि अनुसन्धान शाखा प्रबन्ध निर्देशक गौतम चुगानी र उनका अनुसंधान सहकर्मी टोलीका अनुसार अबको केही वर्षहरू बिटकोइनको हुने बताउछन् ।
सन् २०२४ को अन्त्य सम्ममा त्यस्ता बिटकोइन इटिएफमा १० बिलियन अमेरिकी डलर वा सोभन्दा बढी लगानी प्रवाह र दुई वर्षको अवधिमा “सयौं अर्ब डलर“ कमाउन सक्नेछन् । उनले थपे, यसले बिटकोइनको मूल्यलाई अझ माथि धकेल्न मद्दत गर्नेछ । “हामीलाई लाग्छ कि बिटक्वाइनको मुल्य २०२५ सम्ममा १,५०,००० डलरमा सम्म जानेछ“ ।
प्रतिक्रिया